कारोबार


दशैँमा  निक्षेप जम्मा गर्नेले बढी ब्याज पाउने, भद्र सहमति खारेज

दशैँमा  निक्षेप जम्मा गर्नेले बढी ब्याज पाउने, भद्र सहमति खारेज

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १२:१७, काठमाडौँ

दशैँको बेला बैंकमा पैसा जम्मा गर्नेले बढी ब्याज पाउने भएका छन्। 

असोज महिनाको लागि बैंकहरुले ब्याजदर खुल्ला छोड्ने निर्णय गरेका हुन्। 

वाणिज्य बैंकहरुको सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघको आज बसेको बैठकले यसअघिको भद्र सहमति खारेज गरेको हो। 

गत फागुनदेखि एक अंककै दरमा निक्षेपको ब्याजदर कायम थियो। उक्त सहमति आजको बैठकले तोडेको हो। 

योभन्दा अघि निक्षेपमा अधिकतम ११ दशमलव ०३ प्रतिशत ब्याजदिन पाउने सहमति थियो। 

भद्र सहमति टुटे पनि बैंकहरुले धेरै ब्याज भने बढाउन पाउने छैनन्। नेपाल राष्ट्र बैंकले अघिल्लो सहमतिको तुलनामा १० प्रतिशत मात्रै ब्याजदर थप गर्न पाउने भनिएको छ। 

जसको अर्थ कुनै बैंकले १० प्रतिशत ब्याजदर दिइरहेको छ भने १० को १० प्रतिशत १ हुन्छ। १० प्रतिशत ब्याजदर दिएकाले १ प्रतिशत ब्याजदर थप गर्न पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad