भारतीय सेना प्रमुख मनोज पाण्डेले नेपाललले समयमा नै निर्णय गरे अग्निपथमा नेपाली भर्ना प्रक्रिया रोक्न भारत बाध्य हुने बताएका छन्। बुधबार एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
भारतले अग्निपथ योजनामा नेपाली भर्नामा रोक लगाउने निर्णयले दुई मुलुकको सम्बन्धमा थप तनाव उत्पन्न हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
अग्निपथ योजनाअनुसार अस्थायी सैनिक भर्ना योजनाको विषयमा नेपालले अहिलेसम्म कुनै पनि निर्णय गरिसेको छैन। भारतले केवल चार वर्षको लागि विना कुनै पेन्सन र अवकाशपछिको सेवासुविधा विना नै घर फर्काउने गरी अग्निपथको योजना अघि सारेको हो।
भारतीय सेना प्रमुख पाण्डेले नेपालले समयमा नै जवाफ नदिए गोर्खा सैनिकको लागि छुट्याइएको कोटा अन्य भारतीयलाई दिइने बताएका छन्। सेनाले दुई ब्याचमा गरेर समग्रमा ४० हजार अग्निवीर सैनिक भर्ना गर्ने योजना ल्याएको छ। जसको लागि गत डिसेम्बरमा २५ हजार र फेब्रुअरीमा १५ हजारको तालिम सुरु भएको थियो।
अग्निपथभन्दा पहिला पनि नेपालीलाई भारतीय सेनामा दिइँदै आएको कोटा पनि चार हजारबाट १५ सयमा झारिएको थियो। अग्निपथमा नेपालीको कोटा अझै घटाइएको छ।
पाण्डेले आगामी निर्वाचनअघि नेपाललले यस विषयमा कुनै निर्णय लिने सम्भावना कम रहेको र उक्त समयसम्म निर्णय नगरे नेपालीले योजनामा भाग लिन नपाउने पाण्डेले बताए।
Shares

प्रतिक्रिया