सृजनशील लघुवित्तको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ।
सो अनुसार १८ लाख ३७ हजार ४३६ जना आवेदकमध्ये ३६ हजार ८ सय ५९ जनाले १०÷१० कित्ता सेयर पाएका छन्।
उनीहरुलाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट ३ लाख ६८ हजार ५ सय ९० कित्ता सेयर वितरण गरिएको हो।
सेयरका लागि कुल आवेदक १८ लाख ३८ हजार ७ सय ५१ जना रहेकामा १ हजार ३ सय १५ जनाको आवेदन रीत नपुगेको कारण बाँडफाँटमा समावेश नगरिएको कम्पनीले जनाएको छ।
सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सेयर निष्काशित गरिएको थियो।
प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ३ लाख ९३ हजार ७५० कित्तामध्ये कर्मचारी तथा सामूहिक लगानी कोषलाई वितरणपछि बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सेयर भदौ १५ देखि १९ गतेसम्म सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो।
कम्पनीका अनुसार १८ लाख ३८ हजार ७५१ दरखास्त फारामबाट कुल १ करोड ९९ लाख ७२ हजार ६८० कित्ताको लागि आवेदन प्राप्त भएको थियो।
Shares

प्रतिक्रिया