पपुवा न्युगिनीमा हिजो आइतबार बिहान ७:४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी सात व्यक्तिको मृत्यु भएको चीनको भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) ले जनाएको छ। यस भूकम्पमा परी अन्य कैंयौैं घाइते भएको थप जानकारी दिइएको छ।
उद्धारकर्ताहरु दुर्गम पहिरो प्रभावित समुदायहरुमा पुग्न थालेपछि मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। यस भूकम्पको केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वीदेशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ।
भूकम्प प्रभावित क्षेत्रमा घर र पूर्वाधारमा व्यापक क्षति पुगेको छ। अहिले पनि धनजन क्षति विस्तृत विवरण भने प्राप्त भएको छैन। प्रधानमन्त्री जेम्स मारापेले पपुवा न्युगिनीलाई आएको शक्तिशाली भूकम्पपछि सतर्क रहन चेतावनी दिएका छन्। तर यसको प्रभाव सन् २०१८ को भूकम्पभन्दा कम हुने अपेक्षा गरिएको छ। सन् २०१८ को भूकम्पमा परी १५० जनाको ज्यान गएको छ। रासस/सिन्ह्वा
Shares

प्रतिक्रिया