हिमालयन बैंक लिमिटेडले एसियाली विकास बैंक (एडीबी)बाट टीएससीएफपी अवार्ड २०२२ प्राप्त गरेको छ।
एडीबीले हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्सलाई प्रवर्द्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मानस्वरुप उक्त अवार्ड प्रदान गरेको हो।
बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीश राज जोशीले एडीबीद्वारा यही सेप्टेम्बर ६ मा सिंगापुरमा आयोजित ट्रेड फाइनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरेका थिए।
45
Shares

प्रतिक्रिया