पूर्वगभर्नरहरुले नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको मौद्रिक नीतिमा साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था हुन नसकेकोमा असन्तुष्टि जनाएका छन्।
नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरद्वय डा. चिरञ्जीवी नेपाल र दीपेन्द्रबहादुर क्षेत्रीले कोभिड-१९ ले प्रभावित क्षेत्रलाई राहत दिने गरी मौद्रिक नीति आएको बताए।
तर पनि साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था गर्न नसकेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन्।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व गभर्नर नेपालले भारत सरकारले किसानलाई राहतस्वरुप नगद वितरण गरेको दृष्टान्त पेश गरे।
उनले नेपालमा किन त्यसो हुन नसकेको भनेर राष्ट्र बैंकलाई प्रश्न गरेका छन्।र
'भारत सरकारले भर्खरै ५ सय अर्व बजेट साना किसानको लागि राहत वितरण गरेको छ', उनले भने, 'कोभिडको यस्तो संकटमा विश्वका सबै देशका कमजोर वर्गलाई राहतस्वरुप नगद नै वितरण हुने गरेका छन्। तर नेपालमा भने त्यसो हुन किन सकेन? मौद्रिक नीतिले प्रभावितलाई राहत दिने कुरा गरे पनि निम्न वर्गका लागि कार्यक्रम ल्याउन सकेको देखिएन।’
तर त्यसलाई कार्यान्वयनमा लैजान उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए। क्षेत्रीले गत वर्ष पनि कोभिड राहत प्याकेजको व्यवस्था गरे पनि नियमावली समेत बन्न नसकेकाले कार्यान्वयन हुन नसकेको उल्लेख गरे।
वर्तमान सरकारले त्यसलाई कार्यान्वयन गरेर देखाउनुपर्ने चुनौती रहेको उनले स्पष्ट पारे।
‘घोषणा हुने तर कार्यान्वयन नहुने वा भए पनि ढिलासुस्ती हुने कुराले समस्यामा पारेको छ', उनले भने, 'त्यसैले त्यसको कार्यान्वयनमा जाँगर देखाउनु पर्यो। कोभिड प्रभावितलाई व्यवस्था गरिएका राहत प्याकेज कार्यान्वयनमा अर्थमन्त्री जनार्दन शर्मा सफल हुने विश्वास लिएको छु।’
पूर्वगभर्नर क्षेत्रीले लगानी कोभिड प्रभावित क्षेत्रमा गर्ने भनेर नीति सार्वजनिक हुने तर त्यसको प्रतिफल लक्षित समूहले नपाउने अवस्थाको अन्त्य गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिएका छन्।
Shares

प्रतिक्रिया