प्रवास


बेलायतमा सम्पन्न बुद्ध कप टेनिसको उपाधि वारोक र रितुलाई

बेलायतमा सम्पन्न बुद्ध कप टेनिसको उपाधि वारोक र रितुलाई

ओपन ए विजेता वारोक राई र लेडिज सिङ्‌गल्स विजेता रितु गुरुङ


मगेन्द्र राई
बैशाख २८, २०८२ आइतबार १८:०, बेलायत

बेलायतमा नेपालीहरूद्वारा स्थापित गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एक दिवसीय ‘बुद्ध कप स्प्रिङ टेनिस टुर्नामेन्ट’को शीर्ष उपाधि वारोक राईले हात पारेका छन्।

गत शनिबार अल्डर्सटस्थित सैनिक छाउनीको टेनिस सेन्टरमा सम्पन्न उक्त प्रतियोगितामा प्रमुख उपाधिका निम्ति मेन्स सिङ्गल्स ओपन ए तर्फको फाइनल खेलमा वारोक राईले कृष्ण थापा मगरलाई ६-०, ६-२ को सोझो सेटमा पाखा लगाउँदै च्याम्पियन बनेका हुन्।

शीर्ष वरीयताका वारोकले पहिलो सेटको खेलमा सुरुमै ब्रेक गरी अग्रता लिएका थिए। निकै कन्सिस्टेन्ट खेल खेलेका उनले पहिलो सेट ६-० ले आफ्नो पक्षमा लिए। कमब्याक गर्ने आशा गरिएका कृष्णले दोस्रो सेटमा वारोकलाई चुनौती दिन चुके। फलत: वारोकले ६-२ को अन्तरले च्याम्पियनसिप सेट हात पारे।

वारोक बेलायतमा पूर्वजुनियर आईटीएफ खेलाडी हुन्। हाल बेलायती सेनामा कार्यरत वारोकले क्लबले आयोजना गरेको प्रतियोगितामा हालसम्म अपराजित कीर्तिमान कायम गरेका छन्‌।

त्यस्तै, कृष्ण पूर्वगोर्खा सैनिक हुन्‌। उनीसँग सेनाको तर्फबाट प्रतियोगिताहरू खेलेको अनुभव छ। उपविजेता थापाले वारोकको किक सर्भ आफूलाई भारी भएको नेपालखबरलाई बताए।

यसैगरी, लेडिज सिङ्गल्सतर्फ फोर गेम फर्म्याटमा खेलाइएको फाइनल खेलमा रितु गुरुङले धावा गुरुङलाई ४-०, ४-० को सोझो सेटमा सहज जित निकालिन्। पोखराकी रितु नेपालकी पूर्वखेलाडी हुन्।

साथै, प्रतियोगिताको अन्य समूहबीच भएको प्रतिस्पर्धामा मिन्स सिङ्गल्स ओपन बी तर्फको फाइनल खेलमा राम गुरुङ (कैलास) ले सदिप गुरुङलाई पराजित गरे।

४५ वर्षभन्दा माथि भेटेरान्सतर्फको फाइनल खेलमा खुम थापाले मगेन्द्र राईलाई पराजित गरे। ५५ माथितर्फ राजु गुरुङले रुद्रराज गुरुङलाई पराजित गरे।
 
मिन्स डबल्स ए तर्फ प्रशान्त गुरुङ र बबि नेम्वाङको जोडीले सुदिप गुरुङ र किशोर पुनलाई हराए।

बीतर्फ किरण चाम्लिङ र सोमेन्द्रको जोडीले हिमांशु ज्ञवाली र काजी शेर्पाको जोडीलाई पराजित गरे।

बेस्ट न्यु कमर अनुप लिम्बू घोषित भए।

विजेता र उपविजेताहरूलाई क्लबका अध्यक्ष हर्कबहादुर गुरुङले ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए। पुरस्कार वितरण समारोह क्लबका सचिव क्याप्टेन मोहन गुरुङले सञ्चालन गरेका थिए। प्रतियोगिताको रनिङ कप क्लबका अध्यक्ष हर्क गुरुङले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad