बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको १६औँ अधिवेशन आह्वान गरेका छन्।
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार आगामी जेठ ५ गते बिहान ११ः०० बजे बैठक बस्नेगरी आज उनले अधिवेशन आह्वान गरेका हुन्।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभा बैठक आह्वान गरेका प्रदेश प्रमुखको सचिवालयका शाखा अधिकृत निशा न्यौपानेले जानकारी दिए।
सोहीअनुसार प्रदेशसभा सचिवालयले तोकिएको समयमा सभामा उपस्थितिका लागि प्रदेशसभा सदस्यहरूलाई अनुरोध गरेको छ। प्रदेशसभा सचिव रामकुमार पौडेलले एक सूचना जारीगरी त्यस्तो जानकारी दिएका हुन्। रासस

प्रतिक्रिया