प्रवास


जर्मनीमा आयोजित ‘कार्निभल’ सडक महोत्सवमा नेपालको प्रस्तुति

जर्मनीमा आयोजित ‘कार्निभल’ सडक महोत्सवमा नेपालको प्रस्तुति

शेरबहादुर परियार
जेठ १०, २०८३ आइतबार २०:२४, मध्य युरोप

जर्मनीको राजधानी बर्लिनमा जारी ३०औँ  'कार्निभल' सडक महोत्सवमा आज नेपालले आफ्नो कला-संस्कृति प्रस्तुत गरेको छ।

यही मे २२ देखि जारी 'कार्निभल' सडक महोत्सवमा आज अन्तिम दिन नेपाली समूहले 'हेरिटेज फ्रम टप अफ द वर्ल्ड' थिममा प्रस्तुति दिएको हो। 

कार्यक्रमका लागि नेपाली राजदूतावास जर्मनीको समन्वय र नेपाल पर्यटन बोर्डको सहयोग तथा एनआरएनए जर्मनी, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) जर्मनी, शेर्पा किदुग जर्मनीलगायत सहआयोजक छन्।

नेपाली कला, संस्कृतिको जगेर्ना गर्दै विदेशी पर्यटकलाई नेपाल भ्रमणको लागि आकर्षण गर्ने उद्देश्यसहित कार्निभलमा सहभागिता जनाइएको हो। 

जारी महोत्सवमा जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुयाल, तृतीय सचिव दीपेन्द्र साह, कार्यक्रमका ग्रुप लिडर सुनिल राना मगर, सहायक ग्रुप लिडर निरोज नेपाली, एनआरएनए जर्मनीका अध्यक्ष लोकमणि ढकाल, शेर्पा किदुगका दावा शेर्पा, निमा ओङ्चु, पासाङ शेर्पा, लेजुना श्रोष्ठ, अनिता तामाङ मोक्तान, राजेश सुनार, रवि ढुङ्गाना तथा दूतावास परिवारलगायत नेपाली समुदायको बाक्लो सहभागिता छ।

'कार्निभल' सडक महोत्सवमा नेपालले सन् २०११ देखि निरन्तर सहभागिता जनाइरहेको छ। 

'कार्निभल'को सडक महोत्सवमा विश्वका करिब ६७ देश सहभागी छन्। 

सन् २०२४ को 'कार्निभल' महोत्सवमा ६५ वटा देशलाई पछि पार्दे नेपालले प्रथम स्थान हासिल गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad