प्रवास


बेलायतमा डाफे समर टेनिसको उपाधि विनोद खड्कालाई

बेलायतमा डाफे समर टेनिसको उपाधि विनोद खड्कालाई

मगेन्द्र राई
असार ३२, २०८२ बुधबार १६:३९, बेलायत

बेलायतमा गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एकदिवसीय ‘डाफे समर टेनिस टुर्नामेन्ट २०२५’को प्रमुख उपाधि विनोद खड्काले जितेका छन्। उनी गत वर्ष सोही प्रतियोगिताको रनर अप थिए।

शनिबार (१९ जुलाई) कोल्चेस्टरस्थित लेक्सडेन हिल लन टेनिस क्लबको ग्रास कोर्टमा सम्पन्न प्रतियोगितामा प्रमुख उपाधिका निम्ति मिन्स सिङ्गल्स डिभिजन ए तर्फको फाइनल खेलमा खड्काले देव गुरुङलाई ५-३, २-४, ४-१ को अन्तरमा पाखा लगाउँदै उपाधि हात पारेका हुन्। 

पहिलो सेट ५-३ झिनो अन्तरले आफ्नो पक्षमा पारेका खड्काले दोस्रो सेट २-४ को अन्तरले गुमाएका थिए। तर, तेस्रो सेटमा लयमा फर्किएका उनले अवसरहरूलाई आफ्नो पक्षमा पार्दै अन्तिम तथा तेस्रो सेट ४-१ को सहज अन्तरमा पारी उपाधि हात पारेका हुन्।

 ग्रास कोर्टमा सहज अनुभव गर्ने अनुभवी खड्काले क्लबद्वारा आयोजित धेरै प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आइरहेका छन्।

त्यसैगरी, ओपन बीतर्फ शहदेव पन्तले जन्मजय गिरीलाई हराउँदै विजेता बने।

४५ वर्षभन्दा माथि भेटेरान्सतर्फको फाइनल खेलमा राजु गुरुङले पञ्च पुनलाई हराए।

 त्यसैगरी, ५५ माथितर्फ नमराज गुरुङले वीर बलाललाई पराजित गरे। ओपन सी नोभाइसतर्फ हर्क गुरुङले सार्थक गुरुङलाई पराजित गरे।
  
त्यस्तै, मिन्स डबल्सको ओपनतर्फ सोमेन र नेल पुन को जोडीले सञ्जय तामाङ र हिमांशु ज्ञवालीको जोडीलाई पराजित गरे।

लेडिज सिङ्गल्सतर्फ कल्पना पुनले सपना पुनलाई हराइन्।


  
अल्मोश किरात सुनुवार बेस्ट न्यु कमर खेलाडी घोषित भए।

प्रतियोगितामा दर्जनौँ नेपाली टेनिस खेलाडी सहभागी थिए। प्रतियोगिता मेजर सरोज राईकी स्वर्गीय दिदीको सम्झनामा हरेक वर्ष आयोजना गर्ने गरिएको छ। प्रतियोगिताको प्रमुख प्रायोजक मेजर राई र उनका परिवार हुन्। 

प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई मेजर राईका आमा र क्लबका अध्यक्ष हर्कबहादुर गुरुङले संयुक्त रूपमा ट्रफी प्रदान गरेका थिए।

सन् २०१७ मा आधिकारिक रूपमा स्थापना भएको क्लबले विन्टर, स्प्रिङ, समर र अटम गरी वर्षमा ४ वटा ठूला प्रतियोगिता सञ्चालन गर्ने गरेको छ। 

अटम प्रतियोगिता आगामी अक्टोबरमा अल्डरसटको आर्मी टेनिस सेन्टरमा आयोजना गरिने क्लबले जनायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad