कारोबार


सेयरबजारमा ४ महिनायताकै धेरै कारोबार, जुर्मुराए लगानीकर्ता

सेयरबजारमा ४ महिनायताकै धेरै कारोबार, जुर्मुराए लगानीकर्ता

नेपालखबर
असार ३२, २०८२ बुधबार १६:३८, काठमाडौँ

सेयरबजारमैत्री मौद्रिक नीतिपछि लगानीकर्ता जुर्मुराउन थालेका छन्। 

राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति सेयरबजारप्रति उदार देखिँदा लगानीकर्ताको आत्मविश्वास बढ्ने संकेत देखिएको हो। 

नीतिपछिको पहिलो कारोबार दिन ११ अर्बको कारोबार गरेका लगानीकर्ताले त्यसको पछिल्लो दिन ८ अर्ब १७ करोडको मात्रै खरिदबिक्री गरे। त्यसपछि मंगलबार फेरि सूचक बढेको दिन कुल ९ अर्ब ४१ करोडको कारोबार गरेका उनीहरुले बुधबार १४ अर्बको किनबेच गरेका हुन्। 

आजको कारोबार चार महिनायताकै धेरै कारोबार रकम हो। यसअघि ०८१ फागुन १९ मा १४ अर्ब २८ करोडबराबरको कारोबार भएको थियो।

बुधबार ४ करोड ३१ लाख कित्ता सेयर लगानीकर्ताले बिक्री गर्दा यो कारोबार भएको हो। यस दिन ३४.६१ अंकले बढेर नेप्से २७९४.७८ विन्दुमा पुगेको छ। यस दिन १९३ वटा सेयरको मूल्य बढ्दा ५५ वटाको घटेको छ। 

यस दिन कुमारी बैंकको ऋणपत्रमा लगानी गरेका लगानीकर्ताले १० प्रतिशत अर्थात् प्रतिकित्ता १२८.४३ रुपैयाँ कमाए। त्यसैगरी थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले पनि ६६.५० रुपैयाँ कमाउँदा ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ११५.३५ रुपैयाँ, एनआईबीएल स्टेबल फन्डका लगानीकर्ताले ०.७६ र अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले प्रतिकित्ता ४६.०२ रुपैयाँ आम्दानी गरेका छन्। 

माई खोला हाइड्रोपावरका लगानीकर्ताले भने आज सबैभन्दा धेरै अर्थात् ७.८७ प्रतिशत गुमाएका छन्। प्रतिकित्ता यस कम्पनीका लगानीकर्ताले ७८.२७ रुपैयाँ नोक्सानी व्यहोर्दा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४९.०७ रुपैयाँ, नेपाल एसबीआई बैंक डिबेन्चरका लगानीकर्ताले २६.०३ रुपैयाँ, उन्नति सहकार्य लघुवित्तका सेयरधनीले ४०.११ रुपैयाँ र एभरेस्ट बैंकको डिबेन्चरका लगानीकर्ताले २२.७० रुपैयाँ नोक्सानी व्यहोरेको नेपाल स्टक एक्सचेन्जले उल्लेख गरेको छ। 

कारोबारतर्फ आज बुटवल पावर कम्पनीको ६१ करोड, राधी विद्युत् ५६ करोड, सानिमा माई हाइड्रोपावर ३९ करोड, लुम्बिनी विकास बैंक ३४ करोड र साहस ऊर्जा लिमिटेडको ३३ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad