ad ad

बागमती


५८औँ दिनमा बागमती सरकारले पायो पूर्णता

५८औँ दिनमा बागमती सरकारले पायो पूर्णता

नेपालखबर
जेठ ७, २०८० आइतबार १५:४५, हेटौंडा

बागमती प्रदेश सरकारले ५८ औँ दिनमा पूर्णता पाएको पाएको छ।

एक मन्त्रालयमा भएको विवाद समाधान गर्न एक मन्त्रालय थपिने सहमतिपछि आइतबार बागमती मन्त्रिपरिषद्‌ले पूर्णता पाएको हो। बागमतीमा रिक्त रहेका ५ मन्त्रालय र बिना विभागीय मन्त्री गरी कांग्रेस र एकीकृत समाजवादीबाट ६ मन्त्री नियुक्त भएका छन्। 

एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम रोजगार तथा यातायात मन्त्री, राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्री, मसिना खड्का वन तथा वातावारण मन्त्री, पुकार महर्जन उद्योग पर्यटन तथा सहकारी मन्त्री, उत्तम जोशी स्वास्थ्य मन्त्रीमा नियुक्त भएका हुन्।

यस्तै रामकृष्ण चित्रकार बिना विभागीय मन्त्रीमा नियुक्त भएका हुन्। 

नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

उनीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन एवम् कार्य विभाजन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .