बागमती


काठमाडौँ जाँदै गरेको बस चितवनमा कारसँग ठोकियो, १ जनाको मृत्यु

काठमाडौँ जाँदै गरेको बस चितवनमा कारसँग ठोकियो, १ जनाको मृत्यु

शुक्रबार बिहान चितवनमा आपसमा ठोकिएका कार र बसको अवस्था


सुनिता विष्ट
जेठ ९, २०८२ शुक्रबार ७:३, हेटौँडा

चितवनमा आज शुक्रबार बिहान बस र कार आपसमा ठोकिँदा १ जनाको मृत्यु भएको छ।

बिहान १:४५ बजे चितवनको खैरहनी नगरपालिका-२, ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आपसमा ठोकिएका हुन्। 

चितवन प्रहरीका अनुसार दुर्घटनामा कार चालक खैहरनी नगरपालिका ८ बस्ने ४२ वर्षिय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकामा बिहान ३ः०५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए।

उनका अनुसार बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad