सुदूरपश्चिम


बैतडी केन्द्रबिन्दु भएर १२ मिनेट फरकमा २ भूकम्प, आत्तिएर घरबाट बाहिर निस्किए स्थानीय

बैतडी केन्द्रबिन्दु भएर १२ मिनेट फरकमा २ भूकम्प, आत्तिएर घरबाट बाहिर निस्किए स्थानीय

प्रतीकात्मक तस्बिर


नेपालखबर
जेठ ९, २०८२ शुक्रबार ७:१५, बैतडी

बैतडीमा १२ मिनेट फरकमा दुईपटक भूकम्प गएका छन्।

सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १:४८ बजे ५.१ र फेरि बिहान २ बजे ३.७ रेक्टर स्केलका भूकम्प भएका हुन्। 

लगातार दुईपटक भूकम्प गएपछि स्थानीय घर बाहिर निस्केका थिए।

भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए।

भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad