काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारीचालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरूमा मादक पदार्थ सेवन गरेका ३०, यान्त्रिक कारबाहीमा १२, संकेत बत्ती उल्लंघनकर्ता २६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ६६ जना छन्।
यसैगरी अवस्था ठिक नभएको सात, निषेधित क्षेत्रमा हर्न बजाउने ३२, सडक फुटपाथ पार्किङमा १९, एकतर्फीमा ६ र अन्य सवारी नियम पालना नगरेका ३२३ जना रहेको ट्राफिक प्रहरीले जनाएको छ।
12
Shares

प्रतिक्रिया