बागमती


बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ५ गतेदेखि

बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ५ गतेदेखि

सुनिता विष्ट
बैशाख ३०, २०८२ मंगलबार १२:२८, हेटौँडा

बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ५ गतेका लागि आह्वान गरिएको छ। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जेठ ५ गतेका लागि वर्षे अधिवेशन आह्वान गरेका हुन्। 

बजेट अधिवेशनको रुपमा चिनिने हिउँदे अधिवेशन मन्त्रिपरिषद्को बैठकको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले जेठ ५ गते बिहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन्। 

प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको १६ औं अधिवेशन आह्वान गरेका हुन्।

वैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

यसअघि प्रदेशसभाको हिउँदे अधिवेशन गत चैत २० गते अन्त्य गरिएको थियो। सत्तापक्ष र प्रतिपक्षी दलहरु बीचको विवादका कारण चैत १९ र २० गतेका लागि आह्वान गरिएको बैठक समेत बस्न नसकेपछि सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको थियो।

प्रदेशसभाको बैठक गत माघ २६ गतेदेखि बस्न सकेको छैन भने प्रदेशसभामा विचाराधीन ४ वटा विधेयकका प्रतिवेदन समेत होल्ड भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad