राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वर्षा याममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले वर्षासम्बन्धित जोखिमबारे पूर्वतयारी थाल्न सरकारलाई सुझाव दिएका हुन्।
‘वर्षायाम लाग्न बाँकी नै छ। बाढीले नागरिकलाई दुःख दिन थालिसकेको छ। नवलपरासीमा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्धदेखि विपी राजमार्ग बाढीले अवरुद्ध भएका खबरहरु आएका छन्,' उनले भने, 'प्रधानमन्त्री र मन्त्रीहरु हवाईजहाज र हेलिकप्टरमा सवार हुने हुँदा सडकको अवस्था थाहा हुने कुरै भएन। नागढुंगादेखि मुग्लिङसम्मको सडकको पुनःनिर्माण कछुवाको तालमा भइरहेको छ।'
उनले विभिन्न चरणमा काम गरेर जोखिम कम गराउने काम गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
Shares

प्रतिक्रिया