ad ad

बागमती


मनसुन भित्रिएयता काठमाडौँमा पहिलोपटक भारी वर्षा

मौसमविद् भन्छन् : अब २–३ दिनलाई यस्तै हुन्छ
मनसुन भित्रिएयता काठमाडौँमा पहिलोपटक भारी वर्षा

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार १४, २०८१ शुक्रबार ७:७, काठमाडौँ

पानी पार्ने प्रणाली मनसुन नेपाल भित्रिएयता काठमाडौँ उपत्यकामा पहिलोपटक भारी वर्षा भएको छ। 

मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि वर्षा हुनुलाई ‘भारी वर्षा’ भनिन्छ।

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार गत २४ घण्टामा काठमाडौँका दुई ठाउँमा भारी वर्षा मापन भएको हो। 

महाशाखाले शुक्रबार बिहान ७ बजेसम्म नक्सामार्फत दिएको तथ्यांकअनुसार गत २४ घण्टामा काठमाडौँको कपनमा ९८.४ र बूढानीलकण्ठमा ९२.६ मिलिमिटर वर्षा भएको हो। 

‘विगत २४ घण्टामा त काठमाडौँमा पनि भारी वर्षा भएको छ’, मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘अब यस्तो २/३ नै हुन्छ।’

नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा ३ दिनअगावै गत जेठ २८ गते अर्थात् जुन १० तारिखमा कोसी प्रदेशको पूर्वी क्षेत्रबाट भित्रिएको थियो भने यसको १० दिनपछि अर्थात् असार ६ गते (जुन २० तारिख) कोसीसहित मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश स्थानमा र लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुन पुगेको थियो। यसकाे ४ दिनपछि अर्थात् असार १० गते (जुन २४ तारिख) मनसुन देशभर फैलिएको हो। 

मौसमविद् मानन्धरका अनुसार अबका ३ दिन मनसुन सक्रिय हुने भएकाले काठमाडौँ उपत्यकासहित देशैभर व्यापक वर्षाको सम्भावना छ। 

‘काठमाडौँ उपत्यकामा राति १ बजेदेखि पानी परिरहेको छ’, मौसमविद् मानन्धरले भनिन्, ‘अहिले केही मत्थर भएको छ तर फेरि वर्षा हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .