ad ad

समाज


सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

नेपालखबर
असार १४, २०८१ शुक्रबार ७:१६, काठमाडौँ

सिन्धुपाल्चोकमा भूकम्प गएको छ। हेलम्बु केन्द्रबिन्दु भएर गएराति १ बजेर २८ मिनेट जँदा ४ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजयअधिकारीले शुक्रबार बिहान नेपालखबरलाई दिएको जानकारी अनुसार यो भूकम्प ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पकै परकम्प छ। 

गोरखा भूकम्पपछि त्यसका हजारौँ परकम्प गइसकेका छन्।

गएराति हेलम्बुमा गएको भूकम्पको धक्का धादिङ, तनहुँ, चितवन, मकवानपुर लगायतका छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .