पूर्व कोसीदेखि लुम्बिनी प्रदेशसम्म मनसुन फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले बिहीबार बुलेटिन जारी गरी कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुन पुगेको जानकारी दिएको हो।
बुलेटिनमा भनिएको छ, ‘यस वर्षको मनसुन प्रणाली आज मिति २०८१/०३/०६ (२० जुन) गतेका दिन कोसी प्रदेशको बाँकी भूभाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आगमन भएको छ।’
अब देशका बाँकी स्थानमा मनसुन भित्रिन अझै केही दिन लाग्ने मौसम महाशाखाले जनाएको छ।
नेपालमा यस वर्ष मनसुन औसत मितिभन्दा ३ दिन छिटो जेठ २८ गते (जुन १० तारिख) कोसी प्रदेशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो।
त्यसको १० दिनपछि मौसमविद्ले देशका पाँच प्रदेशसम्म मनसुन भित्रिएको घोषणा गरेका हुन्।
हेर्नुहोस् सूचना-
यी पनि :
Shares
प्रतिक्रिया