बागमती


काठमाडौँ जाँदै गरेको पिकअप दक्षिणकालीमा दुर्घटना, पाटन अस्पतालमा चालकको मृत्यु

काठमाडौँ जाँदै गरेको पिकअप दक्षिणकालीमा दुर्घटना, पाटन अस्पतालमा चालकको मृत्यु

नेपालखबर
असार १४, २०८३ आइतबार ११:३३, हेटौँडा

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्सास्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार आइतबार (आज) बिहान ६:३० बजेतिर हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५५९९ नम्बरको खाली योद्धा पिकअप गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको हो। 

दुर्घटनामा चालक मकवानपुरकै थाहा नगरपालिका-९ चित्लाङका ४५ वर्षीय मुकुन्द झ्यारी मगर गम्भीर घाइते भएका थिए। उनको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।

स्थानीय प्रहरी र उद्धार टोलीले उनलाई तत्काल उद्धार गरी पाटन अस्पताल, ललितपुर पठाएकामा उपचारका क्रममा बिहान ८:५५ बजे चिकित्सकले मगरलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

मृतकको शव हाल पाटन अस्पतालमा राखिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad