अटो


महिला कार्ट्स ड्राइभरहरुको टोली बेङलाेर प्रस्थान

महिला कार्ट्स ड्राइभरहरुको टोली बेङलाेर प्रस्थान

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ७:३३,

पाँच जनाको महिला कार्ट्स ड्राइभरहरुको टोलि आज थप तालिमका लागि भारतको बेङलाेर सहर प्रस्थान गरेको छ ।

वर्ल्ड मोटरिङ्गको अन्तराष्ट्रिय महासंघ फेडेरेसन इन्टरनेशनल डे अटोमोबाइल (एफआईए)द्वारा विश्वभरि नै सुरु गरिएको गर्ल्स अन ट्राक अभियानअन्तर्गत तालिम लिएका पाँच जना महिलाको टोली बेङलाेर प्रस्थान गरेको हो।

विगत ११ वर्षदेखि नेपालमा मोटर तथा मोटरसाईक्लिङ्ग स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी, ड्राइभ टुरिजम तथा रोड सेफ्टीको क्षेत्रमा क्रियाशील नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा)ले हालै धुलिखेलस्थित हिमालयन मोटरल्याण्डमा कार्टिङ्गको सुरुवात गरेको छ।

नेपालमा समेत उक्त अभियानलाई निरन्तरता दिँदै बुधबार मोटरल्याण्डमा पाँच जना महिला ड्राइभरलाई सो अभियानमा संलग्न गराई कर्टिङ्गको तालिम दिइएको थियो। 

woment cart driver 2

सो तालिम प्राप्त फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इण्डिया (एफएमएससीआई) द्वारा आयोजना गरिएको सो तालिममा नितु श्रेष्ठ, सुनिता देशार, अयुषा शाक्य, आकृति बेलबासे र दिक्षा गौतम सहभागी रहेका छन् भने व्यवस्थापकका रुपमा निरज खड्का तथा टेक्निसियन इ. सरोज खड्काले संलग्नता जनाउँदै छन् ।

तीन दिनसम्म चल्ने उक्त तालिममा भारत, श्रीलंका तथा नेपालका महिला कार्ट्स ड्राइभरहरुको सहभागिता रहनेछ। उक्त तालिम नेपाली महिला ड्राइभरको यो पहिलो अन्तराष्ट्रिय तालिम हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad