अटो


जीडब्लूएमको ३५ वर्षे सफलता, एक करोडभन्दा बढी बिक्री

जीडब्लूएमको ३५ वर्षे सफलता, एक करोडभन्दा बढी बिक्री

नेपालखबर
असार ६, २०८३ शनिबार १५:५८, काठमाडौँ

ग्रेट वाल मोटर (जीडब्लूएम)ले आफ्नो स्थापनाको ३५औँ वर्षको अवसरमा अन्तर्राष्ट्रिय बजारमा हासिल गरेका उपलब्धि सार्वजनिक गरेको छ। 

अटोमोबाइल निर्माता कम्पनीबाट सुरु भएको जीडब्लूएम अहिले संसारका १७० देशमा आफ्नो उपस्थिति जनाउन सफल भएको छ। मध्यपूर्वमा ढुवानीबाट सुरु भएको यात्रा युरोप, अस्ट्रेलिया, दक्षिण अफ्रिका, युरेसिया हुँदै थाइल्यान्ड, जर्मनी, ब्राजिल र मेक्सिाकोसम्म फैलिएको कम्पनीले जनाएको छ। 

प्रविधि र नवप्रवर्तनलाई प्राथमिकतामा राखेको कम्पनीले हाल पाँच प्रमुख उत्पादन शृंखला हाभल, वे, ट्यांक, ओरा र पोएर संसारभर प्रसिद्ध छन्। हाभल सुभको विश्वव्यापी संचयी बिक्री ५० लाख पुगेको कम्पनीले जनाएको छ। 

नयाँ ऊर्जा र अफ–रोड प्रविधिको मापदण्ड पुनर्परिभाषित गर्ने ‘एचआई–४’ प्रविधिको सार्वजनिकीकरण र ब्राजिलमा स्थानीय उत्पादन प्लान्ट स्थापनाले विश्वव्यापी नेतृत्वदायी स्थानमा पु¥याएको कम्पनीको भनाइ छ। 

अहिलेसम्म जीडब्लूएमले एक करोड सवारी साधन बिक्री गरिसकेको कम्पनीले जनाएको छ। जीडब्लूएमको ओराले अन्तर्राष्ट्रिय स्तरमा ‘बेस्ट डिजाइन’ लगायतका अवार्ड जितेको छ। 

हालै कम्पनीले नयाँ ब्रान्ड मूल्य प्रणाली र मिशन ‘टेक टु इन्ज्वय एभ्री जर्नी’ सार्वजनिक गरेको छ। प्रविधिको माध्यमबाट थप सहज, सुरक्षित र आनन्दायी बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। 

जीडब्लूएम नेपालमा पनि उपलब्ध छ। यसलाई दक्षिण एसियाली बजारमा थप विस्तारका लागि महत्त्वपूर्ण मानेको छ। 

नेपालमा भीजी इम्पेक्स प्रालिलाई जीडब्लूएमको आधिकारिक आयातकर्ताको जिम्मेवारी दिइएको छ। अब नेपाली बजारमा टिट्टै जीडब्लूएमको नयाँ इलेक्ट्रिक ‘सुभ (ईभी सुभ)’ लन्च हुने जनाइएको छ। यो अत्याधुनिक इलेक्ट्रिक प्रविधि, सुरक्षा मापदण्ड र स्मार्ट फिचरहरूलाई समेटेर नेपाली सडकको आवश्यकता अनुरुप डिजाइन गरिएको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad