नेपाल, जिम्बाबे र सिंगापुरसँग त्रिदेशीय टि–२० अन्तर्राीष्ट्रय क्रिकेट शृंखला हुने भएको छ।
सिंगापुर क्रिकेट संघको आयोजनामा हुने शृंखला आगामी असोज १० देखि असोज १६ गतेसम्म हुनेछ।
सिंगापुर क्रिकेटले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिएको हो।
नेपाली क्रिकेट टोलीका मिडिया म्यानेजर सुरज शाक्यले पनि आइसीसीलाई प्रतियोगिताका बारेमा पत्र पठाएको र उनीहरुको जवाफ आइपछि आधिकारिक रुपमा जानकारी जानकारी दिने बताए।
नेपाली क्रिकेट निलम्बनमा रहेकाले हरेक प्रतियोगिता खेल्नुअघि आइसीसीको अनुमति लिनुपर्ने हुन्छ।
यतिबेला नेपाली राष्ट्रिय टोली आगामी मंसिरमा हुने दक्षिण एसियाली खेलकुदको तयारी गरिरहेको छ।
नेपालले अक्टोबरमा ओमानमा हुने टि-२० शृंखला समेत खेल्दैछ। अक्टोबर ५ देखी १० हुने उक्त शृंखलामा आयरल्यान्ड, नेपाल, ओमान, हङकङ र नेदरल्यान्ड भिड्दैछन्।
नेपालले ६ अक्टोबरमा हङकङ, ७ अक्टोबर नेदरल्यान्ड, ९ अक्टोबरमा आयरल्यान्ड र १० अक्टोबरमा ओमानसँग खेल्दैछ।

प्रतिक्रिया