ad ad

अटो


केन्द्रीय कार्यसमितिमा सबै प्रदेशको प्रतिनिधित्व गराउन नाडाले विधान संशोधन गर्दै

केन्द्रीय कार्यसमितिमा सबै प्रदेशको प्रतिनिधित्व गराउन नाडाले विधान संशोधन गर्दै

नेपालखबर
पुस १९, २०७७ आइतबार ७:७,

अटोमोबाइल व्यवसायीको छाता संगठन नाडा आटोमोबाइल्स एसोसिएसन अफ नेपालले विधान संशोधन गर्ने भएको छ।

नाडाले केन्द्रीय कार्यसमितिमा सातवटै प्रदेशको सहभागिता गराउन विधान संशोधन गरिनलागेको हो।

पोखरामा बसेको कार्यसमिति बैठकले सातै प्रदेशबाट प्रतिनिधि हुने गरी विधान संशोधन गर्ने निर्णय गरेको हो। तर याे निर्णय साधारणसभाले पारित गर्नुपर्नेछ।

नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले फागुन २१ गते हुने विशेष साधारणसभामा विधान संशोधन प्रस्ताव पेश गरिने बताए।

‘केन्द्रीय कार्यसमितिमा सबै प्रदेशको सहभागिता गराउन विधान संशोधन गर्ने निर्णय भएको हो’, दुलालले नेपालखबरसँग भने, ‘फागुन २१ गते हुने विशेष साधारणसभामा संशोधन प्रस्ताव पेश हुन्छ।’

उनले साधारणसभाले पास गरेपछि मात्रै निर्णय कार्यान्वयन हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .