ad ad

राजनीति


राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही हुन्छ : गृहमन्त्री

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही हुन्छ : गृहमन्त्री

नेपालखबर
पुस १९, २०७७ आइतबार ७:९,

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही गरिने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आइतबमार बिहान बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन सुरु गरिसकेको बताएका हुन्।

उनले राजनीतिक पार्टीको सडम आन्दोलनका क्रममा राष्ट्रपतिविरुद्ध अमर्यादित, अशोभनीय, अराजक नारा लगाएको भन्दै उनले आफूले त्यस्तो नारा लगाउनेलाई कारबाहीको निर्देशन दिइसकेको बताए।

‘राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो’, ज्ञापनपत्रबुझ्दै गृहमन्त्री थापाले भने, ‘त्यसबारेमा छनबिन भइरहेको छ, कारबाही गर्न निर्देशन दिएको छु।’

संघले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढंगका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारवाही गर्न माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो।

‘आगामी वैशाखमा निर्वाचन गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा सभा, जुलुस गर्ने आ–आफ्ना विचार अभिव्यक्ति स्वतन्त्रता हुन्छ, तर अराजक र निकृष्ट ढङ्गबाट अभिव्यक्ति दिनु आपत्तिजनक छ’, ज्ञापन पत्रमा भनिएको छ।

संघले आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।

संघकातर्फबाट नेत्रीहरु सुजिता शाक्य, तीर्था गौतम, अधिकारकर्मी शर्मीला कार्कीलगायतले मन्त्री थापालाई भेटेर ध्यानाकर्षण गराएका हुन्।

टोलीले आजै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई पनि भेटेर ज्ञापनपत्र बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .