पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसन (वाडा) को आठौँ अधिवेशनले मोहनबाबु खड्काको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।
पोखरामा सम्पन्न आठौँ अविधेशन तथा १५औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो।
एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ, उपाध्यक्षमा राघव सिलवाल, महासचिवमा दीपेन्द्र कोइराला, कोषाध्यक्षमा शिव श्रेष्ठ, सचिवमा निरन केसी चयन भएका छन्।
सदस्यहरुमा विनय थापा, टिका कुमारी गुरुङ, अशोक कुमार कार्की, दीपेन्द्र भण्डारी, छविलाल सुवेदी, अशोक चालिसे, महदत्त भट्टराई, हरिप्रसाद तिवारी र मनोज थापा चयन भएका छन्।
अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)बीच अन्तर्क्रिया कार्यक्रम समेत भएको छ।
नाडाका पूर्वअध्यक्ष सौरभ ज्योतिले वाडालाई प्रदेश सरकारसँग मिलेर पर्यटकीय नगरी पोखरामा विद्युतीय सवारी सञ्चालन गर्न सुझाव दिएका छन्।
अन्तर्क्रिया कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा देशभर रहेका अटोमोवाइल व्यवसायीको हक र हित हुने गरी काम गर्ने बताए।
‘नाडामा देशका सातवटै प्रदेशको सहभागिता रहने गरी हामी विधान संशोधन गर्दै छौँ। त्यसले देशको हरेक कुनाको प्रतिनिधित्व गर्नेछ। तपाईंहरु आफ्ना समस्या स्थानीयस्तरदेखि केन्द्रसम्म राख्नसक्ने भइसक्नुभएको छ’, उनले भने।
Shares
प्रतिक्रिया