सुदूरपश्चिम


पाका नेतालाई उछिन्दै संघीय संसदमा उदाएका २६ वर्षे केपी

पाका नेतालाई उछिन्दै संघीय संसदमा उदाएका २६ वर्षे केपी

नेपालखबर
फागुन २४, २०८२ आइतबार १५:५६, कञ्चनपुर

कैलाली क्षेत्र नम्बर २ मा रास्वपाका २६ वर्षीय केपी खनाल निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खनाल १९ हजार ५७ मतका साथ निर्वाचित भएका छन्। 

उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरीले ११ हजार ९४९ मत प्राप्त गरे। 

यस्तै, एमालेका सुर्यबहादुर थापाले ७ हजार ८८६, कांग्रेसका विजय बहादुर स्वाँरले ७ हजार २१३ र नेकपाका नन्दबहादुर साउँदले ४ हजार ३६१ मत प्राप्त गरेका छन्। 

रास्वपाका २६ वर्षे खनालले कलिलो उमेरमै संसद यात्रा तय गर्न सफल भएका छन्। उनी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) निकट मानिन्छन्। 

सानै उमेर सरसफाइ अभियान चलाएर अभियन्ताको पहिचान बनाएका खनाल चुनावको केही समयअघि मात्रै रास्वपामा जोडिएर संसदीय राजनीतिमा पाइला टेकेका हुन। 

०५६ सालमा अछामको रामारोशन गाउँपालिकामा जन्मिएका खनाल कैलालीको लम्कीचुहा नगरपालिकामा बसोबास गर्छन्। केही समय उनले कैलालीमा रेडियोमा पनि काम गरे। 

१७/१८ वर्षकै उमेरमा उनले क्लिन काष्ठमण्डप अभियान चलाए। उनी सामाजिक सेवामा पनि अग्रसर छन्। 

नेशनल युथ आइकोन अवार्ड २०१८, नेशनल युथ लिड अवार्ड २०१९, प्रदेश युवा प्रतिभा सम्मान २०७८ र जनसेवा श्री पदक लगायतबाट उनी सम्मानित र पुरस्कृत भएका छन्। 

भ्रष्टाचारमुक्त प्रशासन, युवा स्वरोजगार र सुलभ स्वास्थ्य सेवा उनको मुख्य मुद्दा छन्। कांग्रेस एमाले र नाउपाको गढमा पाका नेतालाई उछिन्दै खनालले संघीय संसदमा पाइला टेकेका छन्। 

कैलाली २ का अहिलेका केही क्षेत्र समेत समेटिएको साविकको २ नम्बर क्षेत्रममा ०४८, ०५१ र ०५६ मा कांग्रेसका रामजनम चौधरीले चुनाव जितेका थिए। 

०६४ मा माओवादीले जितेको यो क्षेत्रमा ०७० मा एमालेका मोहनसिंह राठौर र ०७४ मा एमालेकै झपडबहादुर रावलले चुनाव जितेका थिए।

तर ०७९ मा पुराना पार्टीका उम्मेदवारलाई चक्मा दिँदै नाउपाका अरुण चौधरीले यो क्षेत्रबाट संघीय संसदको यात्रा तय गरेका थिए। 

कांग्रेस, एमाले हुँदै नाउपाले पकड जमाएको कैलाली २ मा यो वर्चश्व तोड्दै रास्वपाका खनालले सानदार जित निकालेका हुन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad