राजनीति


हारे पनि जनताको सेवामा सदैव समर्पित रहन्छु: प्रभु साह

हारे पनि जनताको सेवामा सदैव समर्पित रहन्छु: प्रभु साह

नेपालखबर
फागुन २४, २०८२ आइतबार १६:१२, काठमाडौँ

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रौतहट आफ्नो लागि सिर्फ एक निर्वाचन क्षेत्रमात्र नभएर जीवनकै अभिन्न हिस्सा एवम् परिवार भएको बताएका छन्।

रौतहट–३ रास्वपाबाट निर्वाचित रविन्द्र पटेललाई जितको लागि बधाई दिँदै साहले यस्तो बताएका हुन्। उनले रौतहटको माया र साथ नै आफ्नो उर्जाको स्रोत भएको बताएका छन्।

यसपटकको निर्वाचनलाई सुनामी माहौलको संज्ञा दिँदै यस्तो अवस्थामा पनि आफूलाई विश्वास गरेर मत दिनेहरुप्रति ऋणी रहेको साहको भनाई छ। 

उनले लेखेका छन्–‘यस निर्वाचनमा मतदाताको अभिमतलाई सहर्ष स्वीकादै रौतहट क्षेत्र न– ३ मा विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रविन्द्र पटेलजीलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। चुनावमा हार र जीत एउटा स्वभाविक प्रक्रिया हो। तर रौतहट मेरा लागि सिर्फ एउटा निर्वाचन क्षेत्र मात्र होइन, यो मेरो जीवनको अभिन्न हिस्सा एवं परिवार हो। रौतहटको माया र साथ नै मेरो ऊर्जाको श्रोत हो। यहाँका जनताको स्नेह मेरो लागि पद र शक्तिभन्दा धेरै माथि र अमूल्य छ। यसर्थ म जनताको सेवामा सदैव समर्पित रहनेछु।’

साहले थप भनेका छन्–‘यो सुनामी माहौलमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरु प्रति म ऋणी छु। तपाईंहरूको यो गुण म कहिल्यै बिर्सने छैन। यस चुनावी अभियानमा निरन्तर सकृय र उत्साहका साथ खट्नुहुने हाम्रा पार्टीका नेता कार्यकर्ता तथा सम्पुर्ण समर्थक शुभचिन्तक एवं कलाकारहरू प्रति बिशेष आभार सहित धन्यबाद ब्यक्त गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad