सुदूरपश्चिम


जनकपुरको जिप अछाममा दुर्घटना, मकवानपुर र बर्दियाका व्यक्तिको मृत्यु

जनकपुरको जिप अछाममा दुर्घटना, मकवानपुर र बर्दियाका व्यक्तिको मृत्यु

नेपालखबर
जेठ १६, २०८३ शनिबार १२:४०, अछाम

अछामको पञ्चदेवल बिनायक नगरपालिका-४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्।

दार्चुलाबाट जुम्ला जाँदै गरेको सत्लोक आश्रम, जनकपुरको बाप्र ०१-०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको हो।

दुर्घटनामा घाइते भएका मकवानपुर, हेटौँडा उपमहानगरपालिका निवासी वर्ष ४१ का नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका-५ का ४५ वर्षीय रामप्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

उनका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका-१० बस्ने २७ वर्षका सन्तकुमार साह, स्याङ्जा फेदीखोला गाउपालिका-४ बस्ने अर्जुनकुमार पौडेल र जिप चालक नेपालगञ्ज उपमहागरपालिका-५ बस्ने २८ वर्षे राज राजेन्द्र भिमराज चट्टान गुप्ताको उपचार जारी छ।

घाइतेहरूको बेलखेतबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पतालमा पुर्‍याएको थियो। उक्त अस्पतालमा प्राथमिक उपचारपछि उनीहरूलाई सुर्खेत रेफर गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad