सुदूरपश्चिम


कांग्रेस-एमाले गठबन्धन भत्किएको सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक

कांग्रेस-एमाले गठबन्धन भत्किएको सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक

नेकपा प्रदेश संसदीय दलका नेता खगराज भट्ट (फाइल फोटो)


नेपालखबर
असार ३२, २०८३ बिहिबार ९:५७, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै छ।

संसदीय दलका नेता खगराज भट्टले आज बिहीबार बिहान ११ बजेका लागि प्रदेश संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन्।

सुदूरपश्चिममा विकसित राजनीतिक घटनाक्रमबारे निर्णय गर्न बैठक बोलाइएको हो। 

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार एमालेतर्फका ४ मन्त्रीलाई बर्खास्त गरेपछि एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जसले गर्दा कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार अल्पमतमा परेको छ।

बजेट पारित गराउन मुख्यमन्त्री शाहले नेकपासँग सहयोगको आग्रह गरेका छन्। नेकपाले उक्त प्रस्ताव अस्वीकार गर्दै वर्तमान सरकारलाई समर्थन नगर्ने अडान राखेको छ। 

आफ्ना सर्त पूरा नभएसम्म सरकार गठनमा नेपाली कांग्रेस वा एमाले कुनै पनि दललाई सहयोग नगर्ने नेकपाको भनाइ छ।

नेकपाले प्रदेश सरकारको नेतृत्वमै दाबी गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad