जेनजी आन्दोलनका कारण देशभरिका अधिकांश मल्टिप्लेक्स हलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्ससहित आईएनआई, विग मुभिज, वान सिनेमाज लगायतले बिहीबार सूचना जारी गर्दै अनिश्चितकालका हल बन्द गर्ने निर्णय गरेका हुन्।
अर्को सूचना जारी नभएसम्मका लागि हल बन्द हुने जनाएको छ। जेनजी आन्दोलनपश्चात उत्पन्न परिस्थितिका कारण हलहरू बन्द गरिएको उल्लेख गरिएको छ।
असुविधाको लागि माफी माग्दै सबैलाई सुरक्षित रहन समेत जारी सूचनामा अनुरोध गरिएको छ। साथै दर्शकले खरिद गरेका टिकट कार्यालय पुनः सुरू गर्नेबित्तिकै पूर्ण रूपमा फिर्ता गरिने समेत जनाइएको छ।
मंगलबारदेखि अधिकांश सिनेमा हलहरू बन्द छन्।
45
Shares

प्रतिक्रिया