सुदूरपश्चिम


कञ्चनपुर हत्या प्रकरणको अनुसन्धानका लागि शंकास्पद ३ जना पक्राउ

कञ्चनपुर हत्या प्रकरणको अनुसन्धानका लागि शंकास्पद ३ जना पक्राउ

नेपालखबर
कात्तिक १०, २०८१ शनिबार १३:४९, कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनवारीको दम्पती हत्या घटनामा अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीएसपी हेमबहादुर शाहीका अनुसार शंकास्पद तीनलाई नियन्त्रणमा लिएर उनीहरुमाथि सोधपुछ गर्ने काम भइरहेको छ।

प्रहरीले उनीहरूको पहिचान खुलाएको छैन। शुक्रबार लालझाडी गाउँपालिका–१ बिनवारीका ४६ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बडायकको शव बीभत्स ढंगले हत्या गरिएको अवस्थामा घरको आँगनमा भेटिएको थियो। 

रक्ताम्य अवस्थामा भेटिएका उनीहरुको टाउकोमा धारिलो हतियार प्रहार गरेको चोट छ। घटनाको अनुसन्धानका लागि कञ्चनपुरका डीएसपी उमेश जोशी शुक्रबारदेखि घटनास्थलमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad