प्राध्यापक डा. गोविन्द केसी अनशनरत कैलालीको धनगढीमा ‘गो ब्याक गोविन्द केसी’ भन्दै प्रदर्शन भएको छ।
२४औँ सत्याग्रहमा रहेका केसीले अनशन फिर्ता लिनुपर्ने माग गर्दै अनशनस्थलबाहिर प्रदर्शन गरिएको हो।

पाँचबुँदे माग राख्दै डा. केसी धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा बिहीबारदेखि अनशनमा छन्।
उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ। आज बिहान जारी स्वास्थ्य अपडेटअनुसार केसीको ब्लड सुगर हिजो राति ५६ एजी/डीएल रहेकामा आज बिहान ५०एमजी/डीएल छ।
यस्तै ब्लड प्रेसर उतारचढाव भइरहेको छ भने मांसपेशी बाउँडिने समस्या देखिएको छ।
बोल्न पनि असहज महसुस गरिरहेका डा केसीलाई खुट्टाको अपरेसन गरेका कारण हिँडडुल गर्न कठिन कठिन भइरहेको छ।
बाथरुम जानसमेत समस्या भइरहेको छ। सेती प्रादेशिक अस्पतालका फिजिसिएन डा. जगेन्द्र दुवालको नेतृत्वको टोलीले उनको स्वास्थ्य जाँच गरिरहेको छ।
चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका छन्।
तर डा. केसीले उक्त सुझावबारे आफू विचार गर्ने प्रतिक्रिया दिएका छन्।
गोविन्द केसीको विरोधमा गरिएको प्रदर्शनका थप तस्बिर




Shares

प्रतिक्रिया