समाज


कञ्चनपुर हत्या प्रकरण: घरमै नास्ता पसल चलाउँथे दम्पती

अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन
कञ्चनपुर हत्या प्रकरण: घरमै नास्ता पसल चलाउँथे दम्पती

गोकुल जोशी
कात्तिक ९, २०८१ शुक्रबार १०:५८, कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनवारीमा पतीपत्नीको शव भेटिएको घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर मगाएर प्रहरी टोली अहिले घटनास्थलमा छ। घटनास्थल अहिले सील गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशी आफैँ घटनास्थल पुगेका छन्।

शुक्रबार बिहान बिनवारीमा ४६ वर्षीया रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बडायकको बीभत्स ढंगले हत्या गरेको अवस्थामा शव भेटिएको थियो। 

लालझाडी गाउँपालिका–१ का अध्यक्ष प्यारेलाल रानाका अनुसार बिनवारीमा उनीहरुले नास्ता पसल सञ्चालन गर्दै आएका थिए। 

पसल जोडिएको घरमा उनीहरु मात्रै बस्दै आएका थिए। 

बडायक दम्पत्तिका दुई छोरा र एक छोरी छिन्। रमेशको शव आँगनमा भेटिएको हो। उनकी श्रीमती कमलाको शव नजिकै बरण्डामा भेटिएको छ। सुत्ने बेडको नजिकै झुलमा रक्ताम्य शव लटपटिएको थियो। 

घटनास्थल हेर्दा धारिलो हतियार प्रयोग गरेर उनीहरुको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad