सुदूरपश्चिम


कञ्चनपुर हत्या प्रकरण : दम्पतीले बैंकबाट साटेका थिए २ लाख ४३ हजार

कञ्चनपुर हत्या प्रकरण : दम्पतीले बैंकबाट साटेका थिए २ लाख ४३ हजार

गोकुल जोशी
कात्तिक ९, २०८१ शुक्रबार १६:२६, कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनवारीमा हत्या गरिएका पतिपत्नीले बिहीबार बैंकबाट दुई लाख ४३ हजार रुपैयाँ साटेको खुलेको छ।

शुक्रबार बिहान आफ्नै घरमा बीभत्स अवस्थामा पतिपत्नीको शव भेटिएको थियो। उनीहरुको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

४६ वर्षीया रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बडायकको शव रक्ताम्य अवस्थामा भेटिएको हो। 

‘हिजो बैंकबाट पैसा साटेका रहेछन्। त्यो पैसा घरमै भेटिएको छ। पैसा लुट्न घटना भएको देखिँदैन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले भने, ‘हामी अनुसन्धान गरिरहेका छौँ।’

घटनास्थलमा प्रहरीले तालिमप्राप्त कुकुर पनि परिचालन गरेको छ। घटनास्थलमा ‘डग स्नेफिङ’ गर्दा ठोस परिणाम नआएको प्रहरीले जनाएको छ।

हतियार फाल्ने सम्भावित ठाउँमा प्रहरीले ‘कम्बिङ अप्रेसन’ गरिरहेको छ। मृतक दम्पतीले बिनवारीमा एक्लै बस्दै आएका थिए। उनले त्यहाँ नास्ता पसल चलाउँथे। त्यहाँ मदिरा बिक्री पनि हुने गरेको थियो।

मृतक दम्पतीका दुई छोरा र एक छोरी छन्। छोराहरु गाउँको अर्को घरमा बस्ने गरेका थिए। 

रमेशको शव आँगनमा र उनकी श्रीमती कमलाको शव नजिकै बरण्डाको ओछ्यानमा रक्ताम्य अवस्थामा भेटिएको थियो। उनीहरुको टाउकोमा चोट छ। धारिलो हतियार प्रयोग गरेर हत्या भएको हुनसक्ने आशंका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad