समाज


कञ्चनपुरमा आफ्नै ओछ्यानमा बीभत्स अवस्थामा पति-पत्नीको शव भेटियो, हत्या भएको आशंका

डीएसपी नेतृत्वको प्रहरी टोली घटनास्थल जाँदै
कञ्चनपुरमा आफ्नै ओछ्यानमा बीभत्स अवस्थामा पति-पत्नीको शव भेटियो, हत्या भएको आशंका

गएराति दम्पतिको हत्या भएको घर।


गोकुल जोशी
कात्तिक ९, २०८१ शुक्रबार १०:३६, कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका–१ मा पतिपत्नीको शव फेला परेको छ। 

लालझाडी गाउँपालिका–१ बिनवारीमा सोही ठाउँका ४६ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमला बडायकको शव रक्ताम्य अवस्थामा भेटिएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले नेपालखबरलाई दिएको जानकारीअनुसार आफ्नै घरको ओछ्यानमा रक्ताम्य अवस्थामा आज बिहान उनीहरुको शव भेटिएको हो। 

प्रारम्भिक अनुसन्धानले धारिलो हतियार प्रयोग गरेर उनीहरुको हत्या भएको हुन सक्ने देखिएको डीएसपी जोशीले बताए। 

जिल्ला प्रहरी कार्यालयबाट डीएसपी जोशीको नेतृत्वमा प्रहरी टोली अहिले घटनास्थलतर्फ लागेको छ। स्थानीय प्रहरी र शसस्त्र प्रहरी टाेली अहिले घटनास्थलमै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad