सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा बाढीद्वारा प्रभावि परिवारहरूलाई आधारभूत आवश्यकताका सामाग्रीहरू राहतस्वरुप वितरण गरेको छ।
सिप्रदीयन सहायता संस्थाको तर्फबाट तुलसी जंग बस्नेत, रोज क्षेत्री, गोबिन्द उपाध्याय, रजत श्रेष्ठ, बिमल गौतम लगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहत स्वरुप प्रतिघर डसना, सिरानी, झुल, जग, वाल्टिन, गिलास र थाल वितरण गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा नगरपालिकाको तर्फबाट संजय तामाङ्ग, अच्यूत उप्रेती लगाएतको उपस्थीति रहेको थियो।
सिप्रदी सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो।

प्रतिक्रिया