सुदूरपश्चिम


कैलालीमा ब्राउन सुगरसहित २ जना पक्राउ

कैलालीमा ब्राउन सुगरसहित २ जना पक्राउ

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १५:३८, कञ्चनपुर

कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय सन्तोष चौधरी र २६ वर्षीय करन चौधरीलाई ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुको साथबाट २ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो।

प्रहरी चौकी त्रिनगर र प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .