डोटीमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन्। मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको छ।
मंगलबार बिहानैदेखि उपत्यका लगायत देशका विभिन्न ठाउँमा बन्दको प्रभाव देखिन थालेका छन्।
75
Shares
प्रतिक्रिया