कैलालीको दुई ठाउँमा शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार गोदावरी नगरपालिका–१ अत्तरिया र पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको हो।
प्रेसर कुकरजस्तो देखिने उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जानकारी दिएको छ।
मंगलबार नेत्रविक्रम चन्द विप्लव लगायतका ४ साना राजनीतिक दलले नेपाल बन्दको घोषणा गरेका थिए। ती दलहरुले सो शंकास्पद वस्तु राखेका हुनसक्ने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुदूरपश्चिमका जिल्लाहरुमा बन्दको सामान्य प्रभाव छ। रात्रिकालिन बसहरु चलिरहेको प्रहरीले बताएको छ। यद्यपी दिवाकालिन सेवाका सार्वजनिक यातायातको सेवा भने केही अवरुद्ध भएको छ।
114
Shares

प्रतिक्रिया