लुम्बिनी


दाङको बबई पुल नजिकै बन्दकर्ताले जलाए टिपर, ४ जना नियन्त्रणमा

दाङको बबई पुल नजिकै बन्दकर्ताले जलाए टिपर, ४ जना नियन्त्रणमा

नेपालखबर
भदौ ७, २०७९ मंगलबार ७:२३, काठमाडौँ

दाङको घोराही उपमहानगरपालिका–३ मा मंगलबार बिहानै एक टिपरमा आगजनी भएको छ। बन्दकर्ताले बिहान साढे ४ बजे बबई खोलाको पुन नजिकै आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, दाङले जानकारी दिएको छ। 

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। उनका अनुसार ट्रक ड्राइभर र ४ जना बन्दकर्तालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। 

टिपरको अघिल्लो भागमा आगो लागेको उनले बताए। केही दिनदेखि ग्यारेजमा राखिएको टिपर आजै निकालेको र आगजनी भएको उनले जानकारी दिए। 

मंगलबार चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका छन्। 

मंगलबार बिहानैदेखि उपत्यका लगायत देशका विभिन्न ठाउँमा बन्दको प्रभाव देखिन थालेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad