खेल


नेदरल्याण्ड्ससँग सुखद् बिदाइ चाहन्छ कतार

नेदरल्याण्ड्ससँग सुखद् बिदाइ चाहन्छ कतार

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १९:५७, काठमाडौँ

घरेलु भूमिमा कतारको विश्वकप नतिजा सुखद रहन सकेन। सुरुका दुवै खेल गुमाएको कतारले आज राति शीर्ष स्थानको नेदरल्याण्ड्सको सामना गर्दै छ। 

यो खेल जिते पनि अघिल्लो चरण संभव छैन। विश्वकप यात्रा यहिँ टुंगिने निश्चित छ। तर उ घरेलु समर्थकमाझ खुसी साट्न चाहन्छ। सुखद नतिजासहित बिदा हुन चाहन्छ। 
 

पहिलो खेलमा इक्वेडरसँग २–० ले पराजित कतारले दोस्रो खेलमा सेनेगलसँग ३–१ को पराजय भोग्यो। कतार विश्वकपमा सहभागी भएको छनौट खेलेर होइन, आयोजकका हिसावले हो। त्यसकारण पनि तुलनात्मक रुपमा कमजोर टोली हो।

कतारसँग घरेलु लिग बाहिरका खेलाडी छैनन्। तर नेदरल्याण्ड्ससँग विश्वका ठूला क्लवमा खेलिरहेका व्यावसायिक खेलाडी छन्। 

नेदरल्याण्ड्स विश्वकपमा अभागी टोलीको रुपमा परिचित छ। जो पटक-पटक फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित छ। पछिल्लो पटक २०१० मा स्पेनसँग फाइनलमा पराजित भएको थियो। लगतै अर्को विश्वकपमा सेमिफाइनलसम्म पुग्यो। त्यतिबेला अर्जेन्टिना बाधक बन्दा उसको विश्वकप सपना पूरा हुन पाएन। 

२०१८ को विश्वकपमा भने छनौट हुन सकेको थिएन। अहिले दुई खेलमा अपराजित नेदरल्याण्ड्स समूहको शीर्षस्थानमा छ। तर ४ अंक भएपनि अघिल्लो चरण पक्का भने भइसकेको छैन। कतारसँग नेदरल्याण्ड्स, सेनेगलसँग इक्वेडरभन्दा बढी गोल अन्तरमा पराजित भएको अवस्थामा बाहिरिन सक्छ। 

तर इक्वेडरले सेनेगललाई पराजित गरेको अवस्थामा कतारसँग हारे पनि नेदरल्याण्ड्स अघिल्लो चरणमा प्रवेश गर्छ। समूह विजेता बन्नका लागि भने उसलाई प्रस्ट जितको खाँचो छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .