ad ad

खेल


विश्वकपमा बेल्जियमसँग २८ वर्षपछि मोरक्कोले लियो बदला

विश्वकपमा बेल्जियमसँग २८ वर्षपछि मोरक्कोले लियो बदला

नेपालखबर
मंसिर ११, २०७९ आइतबार २०:४२, काठमाडौँ

विश्वकप फुटबलमा आइतबार मोरक्कोले बलियो टोली बेल्जियमलाई पराजित गरेको छ। विश्वकपमा दोस्रो पटक भेटिएका यी टोली यसअघि १९९४ को विश्वकपमा भिडेका थिए। त्यतिबेला १–० ले पराजित भएको मोरक्कोले २८ वर्षपछि २–० को जित निकाल्दै बेल्जियमसँग बदला लिएको हो। 

खेलको ७३ औं मिनेटमा अब्देलहमिद साबिरीले गोल गर्दै अग्रता दिलाएका हुन्। अतिरिक्त समयमा जकारिया अबुखलालले दोस्रो गोल गर्दै सहज जित दिलाए। 

बेल्जियमलाई पराजित गरेसँगै मोरक्कोले फिफा विश्वकपको नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ। 

खेलको पाँचौँ मिनेटमा बेल्जियमका मिचे बात्सुयीको प्रहार गोलमा परिणत हुन सकेन। खेलको २१ औँ मिनेटमा हाकिम जियचको प्रहार गोलरक्षकले नियन्त्रणमा लिदा मोरक्कोले अग्रता बनाउन चुक्यो। 

खेलको ३५ औँ मिनेटमा अर्चरफ हाकीमीको प्रहार पोष्टको माथिबाट बाहिरिदा मोरक्कोले अग्रता बनाउनबाट चुक्यो। त्यसको केही सेकेण्डमा नै बेल्जियमका डि ब्रुयनको प्रहारले पोष्टको दिसा लिन सकेन।  

खेलको ५७ औँ मिनेटमा मोरक्कोका सोफियान बाउफलको प्रहार सेकेण्ड बार नजिकबाट बाहिरियो। पहिलो खेलमा बेल्जियमले क्यानडालाई पराजित गरेको थियो। मोरक्को क्रोयसियासँग बराबरी खेलेको थियो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .