विश्वकप फुटबल आउन अब केही दिन मात्र बाँकी छ। देशहरुले धमाधम २६ सदस्यीय टोलीको घोषणा गरिरहँदा आयोजकलाई पनि यसलाई सफलतासाथ सम्पन्न गर्ने चटारो छ।
यही विश्वकपको लागि आयोजक कतारले एउटा यस्तो रंगशाला तयार पारेको छ जुन विश्वकप सकिएपछि रहनेछैन। यो प्रसंग हो– स्टेडियम ९७४ को। कतारले यही विश्वकपका लागि यो रंगशाला बनाएको हो।
यो यस्तो रंगशाला हो जसलाई पछि पूर्णरुपले हटाउन सकिन्छ। यसलाई पूर्णरुपमा अलग्याएर फेरि अर्को ठाउँमा बनाउन सकिन्छ। त्यस्तै यसको अर्को विशेषता नाम पनि हो। अंक नै नाम भएकाले यो अरुभन्दा भिन्न छ। ९७४ त्यस्तो नाम हो जुन आयोजक कतारसँग जोडिएको छ। यो कतारको अन्तर्राष्ट्रिय डायलिङ कोड हो। यो नम्बरले अर्को विशेषता पनि झल्काउँछ। त्यो भनेको यो स्टेडियम बनाउन प्रयोग गरिएको कन्टेनरहरुको संख्या हो।
यसबाहेक विश्वकपको इतिहासमै यो रंगशाला आगमन हुने विमानस्थलको सबैभन्दा नजिक रहेको छ। हमाद इन्टरनेशनल एयरपोर्ट र दोहा पोर्टबाट यो केही मिनेटमात्रै टाढा छ। नजिक भएका कारण बिल्कुलै फरकखाले रंगशालामा विश्वकपको भिडन्त हेर्न आउनेले सहजै पुग्नसक्छन्।
कसरी तयार भयो यो रंगशाला?
इन्जिनियरिङको भाषामा भन्नुपर्दा यो रंगशाला बनाउन ९७४ वटा शिपिङ कन्टेनर प्रयोग गरिएका छन्। यसका नाम र डिजाइन सांकेतिक छन्। त्यसबाहेक पूर्णरुपले हटाउन सकिने विशेषतायुक्त छ। जसलाई वातावरणमैत्री र दिगो मानिएको छ। स्टेडियम डिजाइनको हिसाबले पनि यसलाई कोशेढुंगा मानिएको छ। यसले कतारको नवप्रवर्तन क्षमतालाई संकेत गरेको छ।
अरेबियन खाडीको किनारादेखि दोहास्थित पश्चिम बंगालमा उभिएका गगनचुम्बी भवनको श्वास अड्याउने दृश्य यसबाट देख्न सकिन्छ। मेट्रो, दोहा मेट्रो गोल्ड लाइनबाट सहजै पुग्न सकिने यो केवल ८ सय मिटरमात्र टाढा छ। यसबाहेक कार र विश्वकपका शटलबसबाट पनि सहजै यहाँ पुग्न सकिन्छ।
कति दर्शक अट्छन्?
यो रंगशालाको क्षमता ४० हजार रहेको छ। यसमा दर्शकलाई सहजै बाहिरिनसक्ने गरी डिजाइन गरिएको छ। यसभित्र युनिक रंगरोगन गरिएका छन् भने धेरै टोलीका रंगले सजिएका छन्।
पछिल्ला प्रविधि, फिक्स्ड प्लेटफर्म
स्टेडियमको डिजाइनमात्रै नयाँ छैन, यसभित्र नवीनतम प्रविधि पनि जडान गरिएको छ। फोटो खिच्नदेखि प्रत्यक्ष प्रसारण गर्नेसम्मको लागि नवीनतम प्रविधि र निश्चित प्लेटफर्मको व्यवस्था गरिएको छ।
यो स्टेडियमलाई ग्लोबल सस्टेनेबिलिटी असेसमेन्ट सिस्टम (जीएसएएस)ले दिगोपनाको प्रमाणपत्र दिएको छ। डिजाइन र निर्माणमा फाइभस्टार रेटिङ पाएको यो रंगशालाले निर्माण व्यवस्थापनमा क्याटेगोरी अफ एक्सिलेन्सी पाएको छ। जुन गल्फ अर्गनाइजेसन फर रिसर्च एन्ड डेभलपमेन्टले दिएको हो।
विश्वकपसम्म मात्र आयु?
एजेन्सीहरुका अनुसार यो रंगशालाको आयु यही विश्वकपसम्म मात्र छ। अन्तिम खेलसँगै विश्वकपसँगै यसलाई हटाइनेछ। यसका शिपिङ कन्टेनरहरु, सिट र अन्य पूर्वाधार सबै हटाइनेछ। ती सबै स्टेडियम नभएका देशलाई सहयोगस्वरुप हस्तान्तरण गरिनेछ। यसको लागि कतारले आयोजनाको प्रस्ताव गर्दा नै प्रतिबद्धता जनाएको थियो।
यही रंगशालामा हुनेछन् ७ खेल
यो रंगशालाले आगामी विश्वकपको ७ खेललाई आतिथ्य दिनेछ। जुन ग्रुपस्टेजदेखि अन्तिम १६ सम्मका रहनेछन्।
यो स्टेडियमले यसअघि अरब फिफा कप कतार २०२१ को दौडान खेलहरु खेलाएको थियो। जतिबेला दर्शकबाट यसको निकै प्रशंसा भएको थियो। एजेन्सीहरुबाट
विश्वकपसम्बन्थी थप स्टोरी :
-
१० स्टार खेलाडी : जसले गुमाउन सक्छन् कतार विश्वकप
-
विश्वकपमा अफ्रिकालाई अन्याय भएकै हो?
-
पुरुष विश्वकपमा इतिहास रच्दै यी ३ महिला रेफ्री
-
फ्ल्यासब्याक विश्वकप : उरुग्वेको पहिलो उपाधिदेखि पेलेको उदयसम्म
-
यस्ता छन् विश्वकपको २२ संस्करणका रोचक पोस्टर (तस्बिरहरु)
-
नेपाली समयमा विश्वकप : ४० खेल साँझै सकिन्छन्, २४ खेल मध्यरातमा
-
विश्वकपको मुखमा किन विवादमा छ कतार?
प्रतिक्रिया