ad ad

खेल


विश्वकपको मुखमा किन विवादमा छ कतार?

विश्वकपको मुखमा किन विवादमा छ कतार?

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार ७:१५, काठमाडौँ

मंसिर ४ गतेबाट सुरु हुने विश्वकपमा विश्वभरबाट करिब डेढ करोड समर्थक कतार पुग्ने अपेक्षा छ।

तर त्यहाँको कडा मुस्लिम कानुनको पालना गर्ने खाडी देशमा समलिङ्गी सम्बन्धमा प्रतिबन्ध गलाएको र आप्रवासी कामदारमाथि गरिएको व्यवहारलाई लिएर आलोचना पनि भइरहेको छ। 

कतारमा समलिङगी कार्यह गैरकानुनी छ। इस्लामिक धर्मअनुसार यस्तो कार्य गैरकानुनी हो। यस्तो कार्य गरेको पाइए उनीहरुलाई सात वर्षसम्म जेल सजाय र ढुङ्गााले हानेर मृत्यु पनि गर्न सकिने उल्लेख छ। 

तर कतारले भने विश्वकपमा सबैलाई स्वागत गरिने र कसैलाई पनि भेदभाव नगरिने बताएको छ। 

कतार विश्वकप २०२२ का प्रमुख कार्यकारी नासेर अल खाटरले सरकारले समलैङि्गकता सम्बन्धी कानुनमा परिवर्तन गर्ने बताए पनि आगन्तुकलाई त्यहाँको संस्कृतिको सम्मान गर्न आग्रह गरेका छन्। 

कतार विश्वकप राजदूतले समलिङ्गी मानिसले आफूहरुको नियमलाई स्वीकार गर्नुपर्ने बताएका थिए। 

ह्युमन राइट्स वाचको प्रतिवेदनले कतारी सुरक्षा बलहरुले समलिङ्गी र ट्रान्सजेन्डर नागरिकलाई प्रक्राउ गर्ने का जारी राखेको र उनीहरुलाई उपचार गराउन बाध्य पारेको बताएको थियो। तर कतार सरकारले भने सो प्रतिवेदनमा गलत आरोप रहेको बताएको थियो। 

यसअघि पनि कतारले विश्वकपमा सहभागी ३२ देशलाई फुटबलमा मात्र ध्यान केन्द्रित गर्न पत्र पठाएको थियो। जसको जवाफमा इङल्यान्ड र वेल्ससहितका १० युरोपेली देशले मानव अधिकार विश्वव्यापी र सबै ठाउँमा लागु हुने जवाफ फर्काएका थिए। 

नेपालसहित भारत, बगंलादेश, फिलिपिन्सजस्ता देशका करिब ३० हजार कामदार विश्वकपको तयारीका लागि त्यहाँको नयाँ रगंशाला, होटल, सडक र फाइनल खेल हुने शहरमा निमार्ण कार्यमा व्यस्त थिए। 

कतार विश्वकपको विड जित्दासम्म कतारमा ६५ हजार कामदारको मृत्यु भएको दूतावासले उपलब्ध गराएको तथ्याङ्कमा थियो तर कतार सरकारले भने यो संख्या भ्रामक भएको बताएको थियो। मृत्यु भएका मध्ये कोही कतारमा लामो समयदेखि बस्दै आएका र कोही वृद्ध त कोही प्राकृतिक कारण मृत्यु भएको जनाएको थियो। 

आधिकारिक रेकर्डअनुसार सन् २०१४ र २०२० को बीचमा विश्वकपको रंगशला निमार्णस्थलमा ३७ जनाको मात्र मृत्यु भएको बताएको छ।

कतारमा २०२१ मा मात्र ५० विदेशी कामदारको मृत्यु भएको र छ सयभन्दा बढी घाइते भएको अनुमान गरिएको छ। ३७ हजार ६ सयलाई भने हल्कादेखि मध्यमम चोटपटक लागेको छ। 

कतारले विश्वकपको फाइनल खेल सुरु हुनुभन्दा ३ घण्टाअगाडि र एक घण्टापछि मात्र गंशालामा रक्सी खुवाइनेछ। दोहामा ४० हजार क्षमता भएको फ्यान जोनमा अल्कोहलयुक्त पेय पदार्थ पनि उपलब्ध हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .