विश्वकप फुटबल बिहीबार मध्यराति मेक्सिको सिटी स्टेडियममा भव्यताका साथ उद्घाटन भइसकेको छ।
उद्घाटन समारोहमा साकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइलालगायतका अन्तर्राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिए।
उद्घाटन समारोहपछि विश्वकपका सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबिच प्रतिस्पर्धा भयो।
उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले २-० गोलले दक्षिण अफ्रिकालाई हराएर विजय यात्रा सुरु गरेको छ।
खेलमा तीन खेलाडीलाई रातो कार्ड देखाइयो।
दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थेम्बा ज्वानेले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए भने खेलको अन्तिम समयमा मेक्सिकोका सेसार मोन्टेसलाई पनि रातो कार्ड देखाइयो।
हेर्नुहोस् वर्ल्ड कप उद्घाटनका २१ तस्बिर





















318
Shares

प्रतिक्रिया