खेल


कोलम्बियाद्वारा घाना पराजित, प्रिक्वाटर्डफाइनलको समीकरण पूरा

कोलम्बियाद्वारा घाना पराजित, प्रिक्वाटर्डफाइनलको समीकरण पूरा

नेपालखबर
असार २०, २०८३ शनिबार ९:३९, काठमाडौँ

कोलम्बिया र घानाको खेल सकिएसँगै फिफा विश्वकप-२०२६ को राउन्ड अफ १६ को समीकरण पूरा भएको छ। 

अमेरिकाको कन्सास स्टेडियममा भर्खरै सकिएको खेलमा कोलम्बियाले १ गोलसहित घानाविरुद्ध जित हासिल गरेको छ। 

खेलको १४औँ मिनेटमा जोन एरियासले कोलम्बियाको लागि गरेको १ गोल नै खेलको लागि निर्णायक बन्यो। त्यसपछि खेलमा दुवै टोलीबाट कुनै गोल हुन सकेन। 

गएराति र आज बिहान भएका तीन खेलसँगै जारी विश्वकपको प्रिक्वाटर्डफाइनल समीकरण पूरा भएको छ। 

अन्तिम ३२ को खेल सकिँदा ४ पटकको पूर्वविजेता जर्मनी, गत संस्करणमा तेस्रो भएको क्रोएसिया, विश्वकपको दाबेदारसमेत मानिएको नेदरल्यान्ड्स, एसियन पावरहाउस जापान जापान, सेनेगलजस्ता टोली बाहिरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad