फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा अर्जेन्टिनाले केपभर्डविरुद्ध फेरि अग्रता बनाएको छ।
हाल खेल अतिरिक्त समयमा ३-२ को गोल अन्तरमा चलिरहेको छ।
अतिरिक्त समयको तेस्रो मिनेटमा दोस्रो गोल गर्दै केपभर्डले खेललाई २-२ गोलको बराबरीमा ल्याएको थियो।
अतिरिक्त समयको सुरुमै अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेजले गोल गर्दै खेललाई २-१ को अग्रता दिलाएका थिए।
तर, लगत्तै केपभर्डले गोल फर्काएको थियो। १०३औँ मिनेटमा सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई बराबरीमा ल्याएका थिए।
निर्धारित सयमयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो।
केपभर्डका डेरोय डुआर्टेले ५९ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए।
अमेरिकाको मियामी स्टेडियममा जारी खेलको २९औँ मिनेटका कप्तान लियोनल मेसीले केपर्भविरुद्ध पहिलो गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए।
Shares

प्रतिक्रिया