चार पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरले २–१ गोल अन्तरले पराजित गरेको छ।
अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज बिहान भएको यो जितसँगै इक्वेडर जारी विश्वकप-२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। हारका बाबजुध पनि जर्मनीले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।
उसले यसअघिका दुई खेल जितेर समूह ‘ई’ को विजेता बन्दै अन्तिम ३२ मा स्थान बनाएको हो।
अघिल्लो खेलमा पहिलोपटक विश्वकप खेलेको कुरासाओसँग गोलरहित बराबरीमा रोकिएको इक्वेडरले गएराति न्युयोर्कको न्यु जर्सी मैदानमा भएको खेलमा जर्मनीविरुद्ध शानदार खेल प्रदर्शन गरेको हो।
जर्मनीले लेरो सानेको गोलमा खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो। तर, इक्वेडरका निलसन अंगुलोले त्यसको ७ मिनेटपछि नै जर्मनीविरुद्ध गोल गरेर खेललाई बराबरीमा ल्याए।
इक्वेडरले खेलको ७७ औँ मिनेटमा जर्मनीविरुद्ध निर्णायक गोल प्रदर्शन गरेको हो।
समूह ‘ई’बाट ६ अंक सहित आइभोरी कोस्ट पनि नकआउट चरणमा प्रवेश गरेको छ। आइभोरी कोस्टले बिहीबार रातिको अर्को खेलमा कुरासाओलाई २–० ले पराजित गरेर अन्तिम ३२ मा स्थान बनाएको हो।
Shares

प्रतिक्रिया